भक्तपुरको १६ उम्मेदवारको जमानत जफत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भक्तपुरको १६ उम्मेदवारको जमानत जफत

jamanat-jafat

भक्तपुर, १९ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ को क मा सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचनमा १६ उम्मेदवारको जमानत जफत भएको छ । उक्त क्षेत्रमा ९ दलका ९ र १० स्वतन्त्र गरी कूल १९ जनाले मनोनयन दर्ता गराएकामा नेपाली कांग्रेस, नेकपा र नेपाल मजदूर किसान पार्टीका उम्मेदवारबाहेक अन्य दल र स्वतन्त्र उम्मेद्वारको जमानत जफत भएको हो ।

भक्तपुर क्षेत्र नम्बर १ क को उपनिर्वाचनमा ४५ हजार १५ मतदातामध्ये ३२ हजार ३७ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ । यस क्षेत्रको उपनिर्वाचनको चुनावी मैदानमा १९ जनामध्ये ११ जनाले त ५ मत समेत कटाउन सकेका थिएनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);