मनमोहनको शालिकमा ओलीसहित एमाले नेताले गरे माल्यार्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

मनमोहनको शालिकमा ओलीसहित एमाले नेताले गरे माल्यार्पण

काठमाडौं, १३ वैशाख । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँको शालिकमा माल्यार्पण गर्नुभएको छ । २४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उहाँले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्थ्यो । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);