मनमोहन स्मृति दिवसमा उपप्रधानमन्त्रीको शुभकामना : एमालेका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एकढिक्का हुन उर्जा प्रदान गरोस् | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

मनमोहन स्मृति दिवसमा उपप्रधानमन्त्रीको शुभकामना : एमालेका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एकढिक्का हुन उर्जा प्रदान गरोस्

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष, नेकपा एमालेका संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस ।

उनको स्मृतिमा नेकपा एमाले र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोरोना संक्रमणका कारण यस वर्ष औपचारिक कार्यक्रम राखिएको छैन ।

स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताए । ‘सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उनले स्थापित गरेका अत्यन्तै मूल्यवान गुणहरु हुन्’– उपप्रधानमन्त्री पोखरेलले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको उल्लेख गर्दै पोखरेलले भने– ‘आजको यस विशेष दिनले नेकपा एमालेका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’

नेकपा एमालेका महासचिव रहेका पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेको लोकप्रिय सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार थिए । ‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित भएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी एमाले र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो ।

तत्कालीन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । उनको नेतृत्वको तत्कालीन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन् ।’– विज्ञप्तीमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);