मनमोहन अधिकारीकै सपना अनुसार पार्टी अघि बढिरहेको छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

मनमोहन अधिकारीकै सपना अनुसार पार्टी अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

pm oli-manmohan adhikari

ललितपुर, १३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार मुलुकमा विद्यमान समस्याको समाधान गर्दै ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानमा प्रतिवद्ध भएर लागि गरेको दावी गरेका छन् ।

पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको २० औ स्मृति दिवसका अवसरमा शुक्रवार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारी नेतृत्वको सरकारले गरेको उदाहरणीय कामलाई अघि बढाउदै लैजान वर्तमान सरकार अग्रसर भईरहेको पनि बताए । उनले मुलुकलाई समृद्ध बनाउने, नेपाल कम्युनिष्ट आन्दोलनलाई विजयको शिखरमा पु¥याउने स्वर्गीय अधिकारीको सपना अनुसारनै आफ्नो पार्टी अघि बढिरहेको दावी गरे ।

प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारले मुलुकको शान्ति सुरक्षा, परराष्ट्र सम्बन्ध, सामाजिक न्याय र समानताको पक्षमा खेलेको भूमिका पनि उल्लेखनीय रहेको बताए । उनले मनमोहन अधिकारीलाई नेपालको अग्लो कम्युनिष्ट नेताको रुपमा चित्रण समेत गरे ।

मनमोहन अधिकारी २०५१ सालमा जनताबाट निर्वाचित पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । अधिकारीको नौं महिने कार्यकालमा वृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाऔंजस्ता लोकप्रिय कार्यक्रम ल्याइएको थियो । अधिकारीको २०५६ साल बैशाख १३ निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);