स्पष्टिकरणविरुद्ध नेता नेपालको आज पनि न्यायाधीश ढुंगानाको एक इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्पष्टिकरणविरुद्ध नेता नेपालको आज पनि न्यायाधीश ढुंगानाको एक इजलासमा

काठमाडौं । नेकपा एमालेले नेता माधव कुमार नेपाल सहित २७ सांसदहरुलाई सोधेको स्पष्टिकरणको विरुद्धमा नेपालले दर्ता गरेको रिट आज पनि पेशी चढेको छ ।

नेता नेपालको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा परेको छ । आइतबार पनि न्यायाधीश ढुंगाना कै इजलासमा परेको थियो । यद्यपी आइतबार सो रिट पेशीको अन्तिम सूचीमा रहेकोले हेर्न नभ्याइनेमा परेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत आफूहरूलाई कारबाही गरेको भन्दै सो समूहका चार नेताले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंगलबार नेता नेपालसहित २७ संघीय र ५ प्रदेश सांसदलाई स्पष्टिकरण सोधेको थियो । सोही स्पष्टिकरणको विरुद्धमा नेता नेपालले गएको बिहीबार सर्र्वोच्चमा रिट दायर गराएका थिए ।

पार्टीभित्र विधि, पद्धतीका लागि दवाव सिर्जना गर्दा कारबाही गर्ने मनशायले स्पष्टिकरण सोधिएको नेपाल पक्षको आरोप छ । गएको शुक्रबार बसेको महाधिवेसन आयोजक कमिटीको बैठकमा भने प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई आउट गर्दै स्थायी कमिटी घोषणा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);