स्पष्टिकरणविरुद्ध नेता नेपालको रिट सर्वोच्च अदालतद्धारा हेर्न नभ्याउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्पष्टिकरणविरुद्ध नेता नेपालको रिट सर्वोच्च अदालतद्धारा हेर्न नभ्याउने

काठमाडाैं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराउनुभएको रिट निवेदन सर्वोच्च अदालतले हेर्न नभ्याउनेमा राखेको छ ।

आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा उक्त निवेदनको पेशी तोकिए पनि हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको हो ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो विपक्षमा रहेका सांसदको पद खारेज गर्ने सम्भावित कदम रोकि पाउँ भन्दै नेपाल पक्षले बिहीबार रिट निवेदन दर्ता गराएको थियो ।

बिहीबार रिट पेश गरिए पनि शुक्रबार मात्र दर्ता गरिएको थियो । अध्यक्ष ओलीले २७ जनालाई स्पष्टिकरण सोधेसँगै नेपाल पक्ष सर्वोच्च अदालतल पुगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);