नेता नेपालको रिटमा लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेता नेपालको रिटमा लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता माधव कुमार नेपालको रिटमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले नेता नेपालको रिटमा १५ दिनभित्र प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग, एमालेका महासचिव ईश्वर पोखरेल र संसद सचिवालयलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

एमालेले नेता नेपालसहित २७ सांसदलाई सोधेको स्पष्टिकरणविरुद्ध नेपाल समूहले सर्वोच्चमा रिट दायर गरेको थियो । ढुंगानाको एकल इजलासले नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले पार्टीबाट स्पष्टीकरण सोधेको र कारबाही गरी नसकेको अवस्थामा अन्तरिम आदेश दिन बाध्य नपर्ने निर्णय गरेको छ ।

विवादको विषयवस्तुको प्रकृतिबाट निवेदनको निर्णय चाँडो हुनुपर्ने देखिएकाले प्रस्तुत निवेदनलाई सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई नियमानुसार पेश गर्नू’, फैसलामा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);