सत्ताको लोभमा अविश्वास प्रस्ताव ल्याइयो : सांसद रोशन गाहा मगर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सत्ताको लोभमा अविश्वास प्रस्ताव ल्याइयो : सांसद रोशन गाहा मगर

पोखरा । अविश्वासको प्रस्ताव जनताको मागबाट नभई सत्ताको लोभमा ल्याइएको गण्डकी प्रदेशका नेकपा एमालेका सांसद रोशन गाहा मगरले बताएका छन् । सोमबारदेखि सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै सांसद गाहाले यस्तो बताएका हुन् ।

पुरानो संसदीय प्रणालीले काम गर्न नसकेर नयाँ व्यवस्था जनताले ल्याएपनि जनताको मर्म विपरीत ल्याइएको अविश्वासको प्रस्ताव जनताको भावनालाई ठेस पुग्ने किसिमको भएको उनको दाबी छ । सरकारले जनताको मन छुने गरी विकासमा काम गरिरहेको बताउँदै उनले भने– ‘विकासको गति हेर्न नसकेर, देख्न नसकेर राजनीतिक अस्थिरता ल्याउनका लागि मात्र मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ ।’

गण्डकी सरकारले ३ वर्षमा विकासको क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै सांसद मगरले अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षले हतार गरेको दाबी गरे । उनले भने – ‘तीन तहकै सरकारले गरेको विकास प्रतिपक्षलाई पचेन डाहा लाग्यो र यो कदम चाल्नुभयो ।’

लोकतन्त्रमा जनताको भावनाको कदर गर्नुपर्नेमा जनतालाई नै भ्रममा पारेर सरकारले काम गरेन भन्नु लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार भएको उनको भनाई छ । राम्रो काम गर्दागर्दै पनि सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावप्रति आफू र आफ्नो दल सहमत नभएको सांसद गाहाले बताए ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);