बेलायती प्रधानमन्त्री विरुद्ध संसदमा ल्याइएको अविश्वास प्रस्ताव असफल | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बेलायती प्रधानमन्त्री विरुद्ध संसदमा ल्याइएको अविश्वास प्रस्ताव असफल

uk

 बेलायत, ३ माघ । बेलायती प्रधानमन्त्री टेरिजा मे विरुद्ध संसदमा ल्याइएको अविश्वास प्रस्ताव असफल भएको छ ।

विपक्षी लेबर पार्टीले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । ३२५ सांसदले सरकारलाई साथ दिए भने ३०६ सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री मे ले केवल १९ मतको अन्तरले सरकारलाई बचाउन सफल भइन् । संसदले युरोपेली संघबाट ब्रिटेन अलग हुने प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि विपक्षी लेबर पार्टीले प्रधानमन्त्री मे को सरकारले संसदमा विश्वास गुमाएको भन्दै प्रस्ताव दर्ता गराएको थियो । ब्रिटेनको संसदमा ६ घण्टाको छलफल पछि अविश्वास प्रस्तावमा मतदान भएको थियो ।

यस अघि ब्रेक्जिट प्रस्तावको विपक्षमा मतदान गरेका सत्तारुढ दलका सांसदले भने अविश्वासको प्रस्तावमा प्रधानमन्त्री मे कै पक्षमा मतदान गरेका थिए ।अविश्वास प्रस्ताव असफल भएसँगै संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले युरोपेली संघ छोड्नको लागि भएको जनमत संग्रहको नतिजा पालना गराउन र जनतासँग गरेको वाचा पूरा गर्नका लागि आफुले काम गरिरहने बताइन् । उता प्रतिपक्षी नेताले जेरेमी कोर्बेनले भने कुनै पनि सकारात्मक बार्ता अघि प्रधानमन्त्री मे ले बे्रक्जिटको संभावना खारेज गर्नुपर्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);