युरोपीय संघबाट ब्रिटेन अलग हुने प्रधानमन्त्री टेरिजाको योजना संसदद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

युरोपीय संघबाट ब्रिटेन अलग हुने प्रधानमन्त्री टेरिजाको योजना संसदद्वारा अस्वीकार

एजेन्सी, २ माघ । ब्रेक्जिट डिल अर्थात युरोपीय संघबाट ब्रिटेन अलग हुने प्रधानमन्त्री टेरिजा मेको योजनालाई संसदले अस्वीकार गरेको छ । ब्रेक्जिट डिलमा टेरिजा मेलाई २०२ सांसदले मात्र समर्थन गरेका थिए । विपक्षमा ४ सय ३२ सांसदले मत दिएका छन् ।

मतदान अघि मेले संसदलाई सम्बोधन गर्दै आफ्नो योजनाको बचाउ गरेकी थिइन् । भावुक र आवेशपूर्ण सम्बोधनका क्रममा उनले ब्रेजिक्ट डिलमाथि भएको मतदान आफ्नो राजनीतिक करियरकै सबैभन्दा महत्वपूर्ण क्षण भएको बताएकी थिइन् ।

तर, प्रधानमन्त्री मेकै कन्जरभेटिभ पार्टीका ११८ सांसदले पनि ब्रेजिक्ट डिलको विपक्षमा मत दिएका छन् । बेलायती संसदको इतिहासमा कुनै पनि सरकारी प्रस्तावको यो सबैभन्दा ठूलो हार हो ।

प्रधानमन्त्रीको योजनाको ऐतिहासिक हारपछि लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । बेक्जिट डिलमा ऐतिहासिक हार व्यहारेपछि प्रधानमन्त्री टेरिजा मेको राजनीतिक भविश्यमाति प्रश्न उठ्न थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);