विपक्षी नेता जेरेमीसंग इयुसंगको भविष्य छलफल गर्न प्रधानमन्त्री मेको आव्हान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विपक्षी नेता जेरेमीसंग इयुसंगको भविष्य छलफल गर्न प्रधानमन्त्री मेको आव्हान

terija me

काठमाडौं, २० चैत । बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने ब्रेजिक्ट प्रक्रियाको गतिरोध फुकाउन बेलायती संसद असफल भएको छ । प्रधानमन्त्री टेरिजा मेले बेलायतलाई युरोपिएन युनियनबाट अलग्याउने प्रस्ताव बेलायतको संसदमा चौथो पटक असफल भएको हो । प्रस्ताव विफल भएसंगै प्रधानमन्त्री मेले लेवर पार्टीका नेता जेरेमी करवियनलाई इयु संगको संवन्धका विषयमा छलफल गर्न चाहेको बताएकी छन् ।

बेलायतकी प्रधानमन्त्री टेरिजा मेको बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने बे्रजिक्ट प्रकृया वेलायतको संसदले चौथो पटक असफल पारिदिएको छ । बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायतलाई युरोपेली युनियनबाट बाहिर ल्याउन प्रस्तुत गरेकी वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू यसपल्ट पनि सहमत हुन सकेनन् । उनको प्रस्ताव बेलायतको संसदले अस्विकार गरिदिएपछि इयुसंगको भविस्यको संवन्धका विषयमा छलफल गर्न आफुले लेवर पार्टीका नेता जेरेमी करवियनलाई भेटन चाहेको बताएकी छन् ।

प्रधानमन्त्री मेको भेटघाटको प्रस्तावलाई स्विकार गर्दै लेवर नेता जेरेमीले प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक रहेको बताउँदै भविष्यमा इयुसंगको सम्वन्ध कस्तो हुने भन्ने योजना बनाउन आफु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । तेस्रो पटकसम्म प्रधानमन्त्री मेको प्रस्ताव बेलायतको संसदले असफल बनाइदिएपछि उनले ब्रेक्जिटका विकल्पहरु सम्बन्धी बैकल्पिक प्रस्ताव चौथो पटक बेलायतको संसदमा प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तावमा प्रस्ताव ईयुसँग भन्सार सङ्घमा रहने, ईयुसँग एकल बजार कायम गर्ने, सम्झौतालाई अन्तिम निर्णयका लागि जनमत सङ्ग्रहमा लैजाने र विना सम्झौता ईयु छाड्नुपर्ने अवस्था आएमा ब्रेक्जिट रद्द गर्ने भन्ने विषय समेटिएको थियो ।

तर, उनको विभिन्न बुदा समेटेर ल्याएको चौथो प्रस्ताव पनि बेलायतको संसदबाट असफल भैसकेको छ । प्रधानमन्त्री मेले बेलायत युरोपेली युनियन ‘ईयू’बाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे आफूले ‘इयू’सँग गरेको सम्झौता संसद्ले पारित गरे आफूले पदबाट राजीनामा दिने घोषणा समेत गरेकी थिइन् । उनको यस्तो घोषणाका बाबजुद उनको प्रस्ताव विफल भएपछि उनको आगामी योजना कस्तो हुनेछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । सोमबार अबेर बेलायती संसदमा ब्रेजिक्टसँग सम्बन्धित चारवटा प्रस्तावमा मतदान भएको थियो । ब्रेजिक्टका सम्बन्धमा के गर्ने भन्ने विषय समेटर ल्याइएका प्रस्तावमा सांसद फेरि एकपटक समहमति नजुटेपछि संसदमा ब्रेजिक्ट कसरी समाधान गर्ने भन्ने सम्बन्धमा सहमतिको प्रयास भइरहेको छ तर अहिलेसम्म पनि सहमति जुट्न सकिएको छैन । यसअघि नै प्रधानमन्त्री टरिजा मेले ईयुसँग तयार पारेको बहिर्गमन योजना समेटिएको सम्झौता संसद्मा तीनपटक अस्वीकृत भइसकेको थियो ।

अव मेसँग बहिर्गमन प्रक्रियाको अवधि लम्ब्याएर नयाँ बाटो रोज्ने वा विना सम्झौता ईयु छाड्ने विषयमा निर्णय गर्न १२ एप्रिलसम्मको समयसीमा रहेको छ । ब्रिटेनलाई एकल बजार र भन्सार सङ्घभित्रै राख्ने एक संशोधन प्रस्ताव भने सबैभन्दा धेरै मत अन्तरले अस्वीकृत भएको छ । उक्त प्रस्ताव पारित नभएपछि सत्तारूढ कन्जरभेटिभ पार्टीका प्रस्तावक निक बोल्सले पार्टीबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री मे ब्रिटेन ईयु बजारमा रहने कुराको शुरूदेखि विरोध गर्दै आएकी छन् । उता ब्रेक्जिटका बारेमा बोल्दै युरोपेली आयोगका अध्यक्ष जँ क्लड यंकरले ब्रिटेनसँग इयुको धैर्यता सकिन लागेको बताएका छन् । यस्तो अवस्थामा मेले विपक्षी लेवर नेतासंगको छलफलबाट कस्तो निर्णय लिने छिन् भन्ने कुरा चासोका साथ हेरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);