बेलायती प्रधानमन्त्री मेद्वारा पदबाट राजीनामाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

बेलायती प्रधानमन्त्री मेद्वारा पदबाट राजीनामाको घोषणा

बेलायती प्रधानमन्त्री मेद्वारा पदबाट राजीनामा

मेको राजीनामा आगामी जुट ७ बाट लागु हुने

एजेन्सी, १० जेठ । बेलायती प्रधानमन्त्री टेरेसा मेले पदवाट राजीनामा दिएकी छिन् । तीन वर्षसम्ममा पनि बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि उनले राजीनामा घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री मे को राजिनामा आगामी जुन ७ बाट लागु हुनेछ । उनले जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

तर नयाँ प्रधानमन्त्री नचुनुन्जेल उनी पदमै रहन्छिन् । राजीनामा दिने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मेले युरोपियन युनियनबाट बेलायत छुट्टयाउनका लागि आफूले सक्दो प्रयास गरेको बताइन् ।

अब बन्ने प्रधानमन्त्रीले पनि देश हितका लागि त्यो प्रयास जारी राख्ने उनको भनाइ छ । प्रधानमन्त्री मेले ब्रेक्जिट  प्रक्रियालाई टुंग्याउन नसक्दा आफुलाई निकै पश्चाताप भएको पनि बताइन् । राजीनामा घोषणा गर्दै गर्दा उनी भाबुक बनेकी थिइन ।

बेलायती इतिहासमा आफु दोस्रो महिला प्रधानमन्त्री भए पनि यो नै अन्तिम नभएको मेले बताइन् । प्रधानमन्त्रीको रुपमा काम गर्नु पाउनु जीवनकै गर्व भएको उनको भनाइ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);