ब्रेजिक्टबारे म्याद थप गर्ने बिषयमा मेले संसदमा बहुमत जुटाईन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ब्रेजिक्टबारे म्याद थप गर्ने बिषयमा मेले संसदमा बहुमत जुटाईन

theresa may

म्याद थपको पक्षमा ३ सय १३ जना र बिपक्षमा ३ सय १२ जना सांसदले मतदान गरे

एजेन्सी, २१ चैत । बेलायती संसदले युरोपियन युनियनबाट बेलायत बाहिरिने(ब्रेजिक्ट) बिषयमा म्याद थपका लागि लगिएको प्रस्ताव १ मतको मात्र फरकमा बहुमतले पारित गरेको छ । बेलायतलाई युरोपियन युनियनबाट बाहिरिने समय सीमा यही अप्रिल १२ तारिख सम्म रहेकोमा म्याद थपले प्रधानमन्त्री टेरिजा मेलाई केही राहत मिलेको छ ।

युरोपेली युनियन (ईयू)बाट बाहिरिने सम्बन्धि ब्रेजिक्ट विषयमा बेलायती संसदमा पुनः भएको मतदानमा ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत पुगेको छ । बेलायती संसद हाउस अफ कमन्समा सांसदहरुले एक मतको बहुमतबाट मात्र ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा मतदान गरेका हुन ।

यसले प्रधानमन्त्री टेरिजा मेलाई युरोपेली युनियनबाट ब्रेक्जिट प्रक्रियाको समयसीमा बढाउने माग गर्नुपर्ने बाध्यता आएको छ । यसअघि ब्रेजिक्टका बिषयमा प्रधानमन्त्री मेले ल्याएका चारवटा प्रस्ताव सांसदहरुले अस्वीकार गरेका थिए ।

तर युरोपेली युनियनबाट बेलायत बाहिरिने समयसीमा यही अप्रिल १२ तारिकसम्म रहेकोमा प्रधानमन्त्री मेका प्रयास असफल भएपछि म्याद थप गर्ने बिषयको प्रस्ताव संसदमा लगेकी थिइन् । जसमा म्याद थपको पक्षमा ३ सय १३ जना र बिपक्षमा ३ सय १२ जना सांसदले मतदान गरेका छन् ।

युरोपेली युनियनबाट बेलायत बाहिरिने बिषयको गतिरोध हटाउने प्रयासमा प्रधानमन्त्री मेले विपक्षी लेबर पार्टीसँग पटक पटक वार्ता गरेकी छिन् । प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले वार्तालाई सकारात्मक भनेका छन् ।

तर उनले प्रधानमन्त्री मेले अझै पनि लचकता नअपनाएको गुनासो गरेका छन् । अर्काेतर्फ मेकै पार्टीका नेताहरुले लेवर पार्टीका नेतासंगको वार्तालाई सकारात्मक मानेका छैनन् । मेले लेवर पार्टीका नेतासंग छलफल गरेको भन्दै असन्तुष्टि स्वरुप उनका मन्त्रिमण्डलमा रहेका तीन जना मन्त्रीले पदवाट राजीनामा समेत दिएका छन् ।

म्याद थपका लागि बेलायती संसदले अनुमती दिएता पनि त्यसले कानुनी रुप पाउन बेलायतको हाउस अफ लर्डस्बाट पनि पारित हुनु पर्ने प्रावधान छ । यति वेला ईयूबाट बाहिरिए पछि बेलायतको भविश्य कस्तो हुने र ईयूको भविश्य कस्तो हुने भन्ने चर्चा चुलिएको छ ।

ब्रेजिक्टमा बेलायती सांसदहरु एक मत नरहेपछि म्याद थप भएपनि अव प्रधानमन्त्री मेले कस्तो रणनीति अपनाउनेछिन र त्यसको कस्तो राजनीतिक निकास खोज्नेछिन भन्ने बिषय बिश्वभर चाँसोमा साथ हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);