बेलायतलाई ईयुबाट बाहिरिने प्रक्रिया केही समय लम्ब्याउन प्रधानमन्त्री मेको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेलायतलाई ईयुबाट बाहिरिने प्रक्रिया केही समय लम्ब्याउन प्रधानमन्त्री मेको आग्रह

एजेन्सी, ६ चैत । बेलायती प्रधानमन्त्री टेरिजा मे ले युरोपेली युनियन (ईयु)बाट बाहिरिने प्रक्रिया केही समय लम्ब्याउन युरोपेली युनियनलाई आग्रह गरेकी छन् ।

युरोपेली युनियनबाट बेलायतलाई अलग्याउने प्रक्रिया दुई वर्षसम्म ढिलाइ हुनसक्ने भन्दै प्रधानमन्त्री मेले प्रक्रिया लम्ब्याउन आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

बेलायतले यही मार्च २९ बाट ईयु छोड्ने प्रक्रिया सुरु गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर बेलायती संसद्ले प्रधानमन्त्री मेको प्रस्ताव पटकपटक अस्वीकार गर्दा प्रक्रियामा ढिलाइ हुँदै आएको छ ।

प्रधानमन्त्री मेले ब्रेक्जिटको कार्ययोजना प्रस्ताव संसद्बाट पारित गराउन यसै हप्ता पुनः प्रयास गर्ने र त्यो सफल हुने विश्वास लिएकी छन् । उनले बेलायतले मागे अनुसारको समय दिन ईयु तयार हुने विश्वास समेत व्यक्त गरेकी छन् । आगामी जुन ३० सम्म आफूले मागेको समय दिन युरोपेली युनियन तयार भए पनि विकल्पका रुपमा थप समय माग गर्ने उनले बताइन ।

उता, युरोपियन युनियनका समन्वयकर्ता मिचेल बार्नियरले भने कुनै ठोस कार्ययोजनाविनै बेलायत ब्रेक्जिटबाट बाहिरिने प्रक्रियामा ढिलाई गर्न नसकिने स्पष्ट पारेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);