ब्रेक्जिट : बेलायती प्रधानमन्त्री मेको प्रस्ताव चौथो पटक अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ब्रेक्जिट : बेलायती प्रधानमन्त्री मेको प्रस्ताव चौथो पटक अस्वीकृत

brexit votes

एजेन्सी , १९ चैत । युरोपेली यूनियनबाट बेलायत बाहिरिने ब्रेक्जिट प्रक्रियाको गतिरोध फुकाउन बेलायती संसद फेरि पनि असफल भएको छ । बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायतलाई युरोपेली युनियनबाट बाहिर ल्याउन प्रस्तुत गरेकी वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू यसपल्ट पनि सहमत हुन सकेनन् ।

तल्लो सदन हाउस अफ कमन्स्मा प्रस्तुत गरिएका चारवटा प्रस्तावमा कुनैले पनि बहुमत जुटाउन सफल नभएपछि यो प्रक्रिया थप अनिश्चित बनेको छ । मेले प्रस्तुत गरेको प्रस्ताव संसदमा अस्वीकृत भएको यो चौथोपटक हो । गत हप्ता भएको मतदानमा प्रस्ताव अस्वीकृत भएपछि मेले कन्जरभेटिभ पार्टीका सांसदहरुले साथ दिए आफूले सत्ता त्याग्ने बताएकी थिइन ।

मंगलबार प्रस्तुत विकल्पहरु पनि अस्वीकृत भएपछि मेले मन्त्रिमण्डलको आकस्मिक बैठक बोलाएकी छिन्। बैठकमा ब्रेक्जिटका विकल्पहरु सम्बन्धी प्रस्ताव पुनः संसदमा प्रस्तुत गर्ने वा नगर्ने भनेर निर्णय हुने बताइएको छ। बेलायतलाई युरोपियन युनियनबाट कुनै सम्झौता गरेर वा नगरी छुट्टिने निर्णय गर्न अप्रिल १२ सम्मको समय छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);