सरकारविरुद्ध प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिद्वारा राजीनामा दिने तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकारविरुद्ध प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिद्वारा राजीनामा दिने तयारी

algeria-rastrapati

काठमाडौं, १९ चैत । आफ्नो सरकारविरुद्ध प्रदर्शन बढ्दै गएपछि अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले राजीनामा दिने तयारी गरेका छन् ।

बोटेफ्लिकाले यसै साता राजीनामा दिने सम्भावना छ । यसअघि उनले आफ्नो सरकार पुनर्गठन गरेको समाचार सार्वजनिक भएको थियो । समाचारमा उनले हाल सरकारमा रहेका २७ मध्ये २१ मन्त्रीलाई पदबाट हटाएर नयाँ ‘कामचलाउ’ सरकार गठन गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका थिए ।

बोटेफ्लिका सन् १९९९ यता अल्जेरियाको सत्तामा छन् । यसअघि ८२ वर्षे बोटेफ्लिकाले आफ्नो पाचौँ कार्यकालका लागि आगामी अप्रिल १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिए पछि उनीविरुद्ध व्यापक आन्दोलन शुरु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);