प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा दिने घाेषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा दिने घाेषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले सामाजिक संजालमार्फत आफुले राजीनामा दिने बताएका हुन् ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको उल्लेख गरेका छन् । नेम्वाङले पछिल्लो तीन सातादेखि आफ्नो लागि समस्या उत्पन्न गराएको भन्दै राजीनामा दिन लागेको अलमुताइरीको आरोप छ । कतार फुटबल संघको सहयोगमा गत चैतमा उनले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हालेका थिए ।

उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलेको थियो । उक्त खेलमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि उनको चौतर्फी प्रशंसा भएको थियो । एन्फाले उनको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्रचार गरिरहेकै अवस्थामा अलमुताइरीले राजीनाको घोषणा गरेका हुन् ।

दुई दिन अघि मात्र प्रशिक्षकको सम्झौता थप्ने विषयमा आफूलाई जानकारी नभएको भन्दै एन्फा उपाध्यक्ष समेत रहेका कृष्णबहादुर थापाले टेक्निकल कमिटीबाट राजीनामा दिएका थिए । त्यसैकारण पनि प्रशिक्षक अलमुताइरीले राजिनामा दिन लागेको अनुमान गरीएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);