काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव आएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ साफका महासचिव अनवारुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै नेपाललाई साफ आयोजना गर्नका लागि औपचारिक प्रस्ताव गरेको हो ।
साफबाट आइतबार प्रतियोगिता आयोजनाका लागि औपचारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।
च्याम्पियनसिपको विस्तृत प्रस्ताव तयार हुने र स्वीकृतिको लागि साफमा पठाउने एन्फाले जनाएको छ ।
यसअघि नेपालले सन् १९९७ र २०१३ मा साफको आयोजना गरेको थियो ।





