महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा नेपालले महिला साफ आयोजना गर्न प्रस्ताव गर्ने बताएका छन् । साफको साधारणसभा २ जुलाईमा बंगलादेशकाे ढाकामा हुँदै छ । महासचिव राईले साफ आयोजनाका लागि प्रस्ताव राख्ने र मितिसमेत तोक्ने बताए । ‘अघिल्लो संस्करणसमेत हामीले नै आयोजन गरेका थियौैं । यो पटकसमेत साफ नेपालमा आयोजना गर्न प्रस्ताव  गर्ने निर्णय भएको छ । हामी नेपालमै ल्याउन प्रयास गर्नेछौं,’ राईले न्युज कारखानासँग भने । यसअघि साफको पाँचौ संस्करण विराटनगरमा आयोजना भएको थियो । उपाधि भने भारतले जितेको थियो । साफको साधारणसभामा सहभागी हुन महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी बिहीबार बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दैछन् । ६ असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी निवर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ समूहबाट उपाध्यक्ष पदमा पराजित भएका थिए । पराजित भएसँगै जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फा निर्णय गरेको थियो । यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो ।

राईले यस विषयमा समेत बैठकबाट नै निर्णय हुने बताए ।

Leave a Reply

ताजा समाचार