भारतसँग श्रीलंका ३८ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भारतसँग श्रीलंका ३८ रनले पराजित

एजेन्सी । घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारतले जित निकालेको छ ।

कोलम्बोमा आइतबार भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो । भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका चारिथ असलंकाले ४४, अभिष्का फर्नान्डोले २६ र डसुन शनकाले १६ रन बनाए । घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए भने दिपक चाहरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ५०, कप्तान शिखर धवनले ४६, सन्जु सामसनले २७ तथा इशान किशनले अविजित २० रन बनाए ।

श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले २÷२ विकेट लिए । जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);