आयरल्याण्डविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाको क्लिन स्विप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आयरल्याण्डविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाको क्लिन स्विप

एजेन्सी । दक्षिण अफ्रीकाले घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा आफ्नो पक्षमा पारेको छ ।

शनिबार राति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले २७, क्रेग योङले, लोर्कन टुकरले १९, पाउल स्ट्रर्लिङले १८ तथा बारी म्याककार्थीले अविजित १३ रन बनाए ।

दक्षिण अफ्रिकाका जर्ज लिन्डे, लिजाड विलियम्स र मुल्डेरले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रिजा हेन्ड्रिक्सले ६९, डेभिड मिलरले ३६ र हेन्रिच क्लासेनले ७ रन जोडे । आयरल्याण्डका सिमि सिंह र बारी म्याककार्थीले १÷१ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);