महिला टी–२० विश्वकपले आज नयाँ च्याम्पियन पाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

महिला टी–२० विश्वकपले आज नयाँ च्याम्पियन पाउने

२०८१,७,४
महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ। फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि भिडन्तका लागि आमने–सामने हुँदैछन्। फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ। न्युजिल्यान्डले शुक्रबार राति वेस्ट इन्डिजलाई आठ रनले हराएर फाइनलमा स्थान बनाएको हो। न्युजिल्यान्ड १४ वर्षपछि टी–२० महिला विश्वकपमा पहिलो पटक फाइनलमा पुग्यो।

यसअघि सन् २००९ र २०१० मा न्युजिल्यान्ड फाइनलमा निराश भएको थियो। यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा उपाधि दाबेदार अस्ट्रेलियालाई सहजै आठ विकेटले हराएको थियो। छ पटकको विजेता अस्ट्रेलिया लगातार चौथो पटक टी–२० महिला विश्वकप जित्ने दाउमा थियो।

सन् २०१६ को च्याम्पियन वेस्ट इन्डिजलाई अर्को फाइनल खेल्न अन्तिम ओभरमा १५ रन बनाउनु जरुरी थियो तर सुजी बेट्सले सो ओभरमा मात्र छ रन खर्ची एक विकेट लिएर न्युजिल्यान्डलाई उपाधि भिडन्तमा पुर्‍ययाइन्। न्युजिल्यान्डको जितमा अन्य बलर इडेन कार्सन ९३–२९० र एमेलिया कर ९२–१४० को पनि भूमिका रह्यो। पहिले ब्याटिङ गरी न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १२८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजले आठ विकेटको क्षतिमा १२० रन मात्र बनाउन सक्यो।

यसै गरी दक्षिण अफ्रिकाले लगातार दोस्रो पटक फाइनल खेल्ने भएको छ । घरेलु मैदानमा भएको पछिल्लो संस्करणमा दक्षिण अफ्रिका उपाधि भिडन्तमा अस्ट्रेलियासँग निराश बनेको थियो। त्यसैले दक्षिण अप्रिकाका लागि अस्ट्रेलियाविरुद्धको जित बदला पनि भएको छ।

समूह ‘ए’ विजेता बनेर सेमिफाइनलमा पुगेको अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १३४ रन बनाएको थियो । एनेके बोस्चले ४८ बलमा अविजित ७४ रनको सम्झनलायक पालि खेलेपछि दक्षिण अफ्रिकाले १७।२ ओभरमै दुई विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य हासिल गर्‍यो।

कप्तान लउरा भोल्भार्टले पनि ३७ बलमा ४२ रनको उपयोगी पालि खेलिन्। यस नतिजासँग अस्ट्रेलियाले महिला विश्वकपमा १५ खेलपछि हारको स्वाद चाखेको छ। सन् २००९ पछि अस्ट्रेलिया महिला विश्वकपमा पहिलो पटक पराजित भएको हो।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

८ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

८ घन्टा अघि

Duel Bet: The Casino Showdown

८ घन्टा अघि