नेपाल महिला टी–२० स्मास क्रिकेटको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल महिला टी–२० स्मास क्रिकेटको फाइनलमा

nepal into semifinal

काठमाडौं, ४ माघ । इन्डोनेसियालाई फराकिलो अन्तरमा हराउँदै नेपाल, थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो । इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । यो जितसँगै नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला क्रिकेट टोली फाइनलमामा प्रवेश गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);