ढोरपाटन महिला भलिबल प्रतियोगिता शनिबार देखि सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

ढोरपाटन महिला भलिबल प्रतियोगिता शनिबार देखि सुरु हुने

काठमाडौं, ४ माघ । ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगिता’ शनिबार देखि सुरु हुने भएको छ । ढोरपाटन क्लवले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता काठमाडौंको नयाँ बसपार्कस्थित क्लवको आफ्नै खेल मैदानमा आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल एपीएफ क्लव, न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लव, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा, त्रिभुवन आर्मी क्लव, चितवन टाईगर्स, थाहा नगरपालिका, मकवानपुर लगायत सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा दोस्रो हुनेलाई २ लाख, तेस्रो हुनेलाई १ लाख, चौथो, पाँचौ, छैंठौ र सातौं हुनेलाई क्रमशः ६० हजार, ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);