पुष २५ देखी राजधानीमा खुला रष्ट्रिय महिला भलिवल प्रतियोगिता हुदैँ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पुष २५ देखी राजधानीमा खुला रष्ट्रिय महिला भलिवल प्रतियोगिता हुदैँ

volleyball

काठमाडौं, २० पुस । यही पुस २५ गतेदेखि २८ गतेसम्म काठमाडौंको नैकापमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ ।

न्यू डाईमण्ड स्पोर्टस् क्लवले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो । प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । प्रतिगितामा सहभागी हुने टोलीहरुमा न्यू डाईमण्ड एकेडेमी, नेपाल एपीएफ क्लव, त्रिभुवन आर्मी क्लव, टप्स मावि पोखरा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टाइग्रेस, पारामाउण्ट स्कुल कुलेश्वर र नेपाल पुलिस क्लव रहेका छन् ।

प्रतियोगितामा सहभागी हुने काठमाडौं उपत्यका बाहिरका टोलीलाई आयोजक संस्थाले खाना र बस्नको प्रबन्ध गर्नेछ । प्रतियोगिताको बिजेताले नगद ३ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन् । उपविजेतालाई २ लाख १ हजार नगदसहित सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने पनि प्रतियोगिताका संयोजक राईले जानकारी दिए ।

त्यसैगरी प्रतियोगितामा तृतीय हुनेलाई नगद १ लाख १ हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने चौथो हुनेलाई ५१ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार पुरस्कार दिने व्यवस्था पनि गरिएको आयोजक संस्था न्यू डाईमण्ड स्पोर्टस् क्लवले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);