शीर्ष स्थानको लिभरपुलको पहिलो हार, सिटीद्वारा २–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

शीर्ष स्थानको लिभरपुलको पहिलो हार, सिटीद्वारा २–१ ले पराजित

cityvsliverpool

एजेन्सी, २० पुस । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुल पराजित भएको छ । बिहीबार राति इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोली म्यान्चेस्टर सिटीले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा लेरोय साने र सर्जियो अगुइरोले गोल गरे भने लिभरपुलका लागि रोर्बेटो फिरमिन्होले गोल गरेका थिए । खेलको ४०औं मिनेटमा अगुइरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो । खेलको ६४औं मिनेटमा फिरमिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको स्थितिमा ल्याएका थिए । तर ७२औं मिनेटमा लिभरपुलले अर्को गोल खान पुग्यो ।

बाँकी समयमा लिभरपुलले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो । जितसँगै फराकिलो अंक दूरी बनाउनबाट लिभरपुल चुकेको छ । लिरभपुलले २१ खेलबाट ५४ अंक बनाएको छ ।

लिभरपुललाई पराजित गर्दै म्यान्चेस्टर सिटी भने दोस्रो स्थानमा उक्लिदै ५० अंक बनाएको छ । सिटीले लिभरपुलसँगको अंक दूरी चारमा समेत झारेको छ । भने अर्को तिर लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामभन्दा सिटी दुई अंकले अघि रहेको छ । टोटनह्यामको २१ खेलबाट ४८ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);