इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडद्वारा न्युक्यासल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडद्वारा न्युक्यासल पराजित

united vs newcastle

काठमाडौं, १९ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लगातार चौथो जित निकालेको छ ।

अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाईटेडले बुधबार राति न्युक्यासल युनाइटेडलाई २–० ले हराउँदै लगातार चौथो जित निकाल्न सफल भएको हो । न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रोमेलु लुकाकुले खेलको ६४ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई सुरूवाती अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा मार्कोस रासफोर्डले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यसअघि युनाइटेडले कार्डिफमाथि ५–१, हडर्स्फिल्डमाथि ३–१ को र बोर्नामाउथविरुद्ध ४–१ को जित निकालेको थियो । जितपछि युनाइटेड २१ खेलबाट ३८ अंक जोडेर छैटौ स्थानमा यथावत छ । पराजित न्युक्यासल १८ अंक जोडेर १५औं स्थानमा रहन सफल भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);