इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी, २६ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए । जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २९ खेलमा ४५ अंक जोडेको छ । सिटी ५७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);