इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग २–२ गोलको बराबरी खेलेपछि युनाइटेड अंक बाँड्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग २–२ गोलको बराबरी खेलेपछि युनाइटेड अंक बाँड्न बाध्य

एजेन्सी, ३० असार । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले अंक बाँडेको छ । तालिकाको चौथो स्थानमा उक्लने मौका रहेकोमा साउथह्याम्पटनसँग २–२ गोलको बराबरी खेलेपछि युनाइटेड अंक बाँड्न बाध्य भएको हो ।

वल्ड ट्राफोडमा पाहुना टोली साउथ ह्याम्पटनले गोल गर्दै १२ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि स्टुआर्ट आर्मस्टोङले गोल गरेका थिए । यसैगरी रासफोर्डले २० औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए ।

२३ औं मिनेटमा एन्टोनियो मार्सिएलले गोल गरेपछि युनाइटेड २–१ को अग्रता लिन सफल पनि भयो । पहिलो हाफमा सोही नतिजा आत्मसाथ गरेको युटाइेटडले दोस्रो हाफको अतिरिक्त समयमा आफूलाई सम्हाल्न नसक्दा बराबरी गोल खान पुग्यो । ९६ औं मिनेटमा मिचेल ओवाफेमीले साउथह्याम्प्टनका लागि गोल गर्दै खेल २–२ को बराबरीमा टुंग्याए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);