म्यानचेस्टर युनाइटेड र वेष्ट ह्यामबीचको खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

म्यानचेस्टर युनाइटेड र वेष्ट ह्यामबीचको खेल बराबरीमा

काठमाडौं, ८ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र वेष्ट ह्यामबीचको खेल बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको खेलमा युनाइटेड र वेष्ट ह्याम १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा मासुन ग्रीनवुडले गोल गरेपछि युनाइटेड हारबाट जोगिएको हो । खेलको ५१ औं मिनेटमा ग्रीनवुडले गोल गरेका थिए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा मिचेल एन्टोनियोले पेनाल्टीमा गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

युनाइटेडका पाउल पोग्बाले डिबक्स भित्र हातले बल रोक्दै ह्यान्ड गरेपछि वेष्ट ह्यामले पेनाल्टी पाएको थियो । घरेलु मैदानमा बराबरी खेलेसँगै युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ । र, युनाइटेडले च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ ।

युनाइटेडले ३७ खेलमा ६३ अंक जोडेको छ । युनाइटेडको बराबरीसँगै शीर्ष चारमा रहने टिमको टुंगो अन्तिम खेलबाट तय हुने भएको छ । यता, वेष्ट ह्याम भने रेलिगेसनबाट जोगिएको छ । ३८ अंक जोडेको वेष्ट ह्याम १५ औं स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);