राखेप सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राखेप सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं, ८ साउन । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।

समितिले युवा तथा खेलकुद मन्त्रालयमा सदस्यसचिवका लागि आवेदन दिएका २७ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो ।

जसमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापा मगर र राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान अन्जु श्रेष्ठ रहेका छन् ।

मन्त्रालयले सो नाम मन्त्रिपरिषद्मा पठाउने छ । मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जना उपयुक्त व्यक्तिले चार वर्षका लागि सदस्यसचिवमा नियुक्त गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);