स्वास्थ्य सचिवको बढुवामा तीन जनाको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

स्वास्थ्य सचिवको बढुवामा तीन जनाको नाम सिफारिस

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत १२ औें तहको बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

मन्त्रालयको बढुुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव पदमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.विकास देवकोटा र प्रादेशिक अस्पताल भद्रपुरका डा.टंक बराकोटीको नाम सिफारिस गरेको हो ।

बढुवा समितिको बिहिबार बिहान बसेको बैठकले रिक्त रहेको दुुई पदका लागि तीन जनाको नाम सिफारिस गरेको समितिले जनाएको छ ।  नाम सिफारिस भएका मध्य दुुईजना १२ औं तहमा बढुवा हुुने छन् । बढुवाका लागि २१ जनाले आवेदन दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);