जाडो सुरु भएसँगै श्वासप्रश्वाससम्बन्धी समस्या ( माउन्टेन रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जाडो सुरु भएसँगै श्वासप्रश्वाससम्बन्धी समस्या ( माउन्टेन रिपोर्ट )

बिन्दु अधिकारी  \ माउन्टेन टे लिभिजन एचडि। 

काठमाडौँ पौष ०७।  चिसो सुरु भएपछि देखापर्ने विभिन्न संक्रमणमध्ये एक हो इन्फ्लुएन्जा संक्रमण। संक्रमितले खोक्दा, हाच्छिउँ गर्दा, नजिकबाट बोल्दा पनि सहजै अरुलाई सर्न सक्छ। फ्लु सबै उमेर समूहका मानिसलाई हुने संक्रमण हो जसले सामान्यदेखि जटिल जोखिम निम्त्याएर मानिसको मृत्युसमेत हुने गरेको छ। संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदी मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले पटक–पटक हात धुने र संक्रमित व्यक्तिको सम्पर्कमा नगए फ्लुबाट धेरै हदसम्म बच्न सकिने बताउनुहुन्छ।

यो संक्रमणको जोखिममा ५ वर्ष मुनिका बालबालिकासँगै ६५ वर्षभन्दा माथिका व्यक्ति तथा दीर्घरोगीहरु पर्दछन् । त्यसो त संसारभर फ्लु विरुद्धको खोप उपलव्ध छ। अन्य देशका नागरिकले खोप लगाउने गरेका छन् तर, नेपालमा भने सरकारले खोपको विषयलाई वेवास्ता मात्रै गरेको छैन यसको कुनै परिक्षण नै गर्दैन । खोपले फ्लूले सिर्जना गर्ने जटिलताको सम्भावनालाई कम गर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष इन्फ्लुएन्जाका कारण झण्डै ६ लाख ५० हजार व्यक्तिले ज्यान गुमाइरहेका हुन्छन् । विश्वकै शक्तिशाली देश अमेरिकामा पनि औसतमा वार्षिक ३० हजार मानिसको फ्लूबाट मृत्यु हुने गरेको छ। तर नेपालमा सरकारको उदासिनताले राजधानीमा मात्रै सय भन्दा अधिक मानिस फ्लूका कारण ज्यान गुमाउन बाध्य छन् । तसर्थ सरकारले अब पनि यसको निदान र नियन्त्रण गर्न कुनै ढिलाई गर्नु हँुदैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);