एमाले सांसदहरुले दिए सरकारमा नजान दबाब ( माउन्टेन रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एमाले सांसदहरुले दिए सरकारमा नजान दबाब ( माउन्टेन रिपोर्ट )

सन्दीप रिजाल। नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुले एमाले प्रमुख प्रतिपक्ष दलको भूमिकामा संसदमा उपस्थित रहने बताएका छन् । पाँच दलीय गठबन्धनको घेराबन्दीका बीच समानुपातिकतर्फ लोकप्रीय मत ल्याएर दोस्रो ठूलो दल बनेपनि वर्तमान अवस्थामा एमालेसँग सरकार गठन गर्ने म्यान्डेट नभएकाले प्रतिपक्षको भूमिकामा संसदमा सशक्त उभिने उनीहरुको भनाइ छ।

एमाले सांसदहरुले अहिलेकै अवस्थामा सरकारमा जानुको कुनै अर्थ नरहेको बताएका छन् । सरकारमा जाने भन्दा पनि जनताका मुद्दालाई स्थापित गराउने पार्टीको मुख्य उद्देश्य रहेकाले जनमतको कदर गर्ने उनीहरुको भनाइ छ । पाँच दलीय गठबन्धन कायम हुँदासम्म एमाले सरकारमा सहभागी हुँदैन, त्यसैले अहिलेकै अवस्थामा एमालेमा सरकारमा जाने वा नजाने भन्ने बिषयमा छलफल समेत नभएको एमाले सांसदहरुको प्रतिक्रिया छ।

राजनीतिक वृत्तमा एमालेले राष्ट्रपति वा प्रधामन्त्री लिनेगरी माओवादी केन्द्र र अन्य साना दलसँग छलफल गरिरहेको चर्चा चलिरहदाँ एमाले प्रतिपक्षकै भूमिकामा रहने उक्त पार्टीका सांसदहरुको अडान कति सम्भव रहला, हेर्न बाँकी नै छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);