१३ औं संस्करणको आईपीएल युएईमा आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

१३ औं संस्करणको आईपीएल युएईमा आयोजना हुने

ipl postponed

एजेन्सी , ७ साउन । इण्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेट प्रतियोगिता यसैवर्ष संयुक्त अरब इमिरेट्स युएईमा हुने भएको छ । । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष वृजेश पटेलले १३औं संस्करणको आईपीएल युएईमा हुने बताएका हुन् ।

पटेलले भारतीय क्रिकेट बोर्ड बीसीसीआइको बैठकले यसबारे आधिकारिक निर्णय गर्ने बताएका छन् । उनले प्रतियोगिताको मिति भने सार्वजनिक गरेनन् ।

बीसीसीआईले आईपीएल टी–२० सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसका लागि बीसीसीआइले भरत सरकारसंग अनुमति मागिसकेको बताइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले यस वर्ष अष्ट्रेलियामा हुने तय भएको टी–२० विश्वकप एक वर्ष सारेपछि भारतीय क्रिकेट बोर्ड आईपीएल गराउने तयारीमा लागेको छ ।

यसअघि सन् २०१४ को सिजन पनि भारतमा निर्वाचनको कारण आईपीएल युएईमा आयोजना गरिएको थियो । आईपीएलको १३ औं संस्करण गत मार्च २९ बाट हुने तालिका रहेको थियो ।

कोरोना महामारीका कारण १५ दिन पछि अर्थात अप्रिल १५ सम्मलाई सारिएको थियो । तर भारतमा कोरोना महामारीले गर्दा लकडाउन थपिएपछि आईपीएल अनिश्चित बनेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);