भारत सरकारले आईपीएल टी–ट्वान्टी क्रिकेट युएईमा आयोजना गर्न दिए अनुमति, खेल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारत सरकारले आईपीएल टी–ट्वान्टी क्रिकेट युएईमा आयोजना गर्न दिए अनुमति, खेल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म

एजेन्सी, १९ साउन । भारत सरकारले इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेट युएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ । आईपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट युएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो ।

सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल युएईमा हुने पक्का भएको छ । यस्तै आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्ने पाईने नियम समेत बताईएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताईसकेको छ ।

कोरोना भाईरसको महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो । आईपीएल युएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा समेत पहिलो चरणको खेलहरु युएईमा भएको थियो भने यस पटक पुरा सिजन युएईमा नै हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);