भारतमा आयोजना हुने भनिएको टी–२० विश्वकप क्रिकेटस युएईमा सर्ने संभावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा आयोजना हुने भनिएको टी–२० विश्वकप क्रिकेटस युएईमा सर्ने संभावना

एजेन्सी। भारतमा आयोजना हुने भनिएको अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्स युएईमा सर्ने सभावना बढेको छ । भारतमा कोरोना भाईरसको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि विश्वकप युएईमा सर्ने सम्भावना बढेको हो ।

विश्वकप आगामी अक्टोबरबाट सुरु हुने तालिका रहेको छ । तर, भारतमा दैनिक ३ लाख भन्दा बढी कोरोना संक्रमित देखिन थालेपछि आइसीसीले टी–ट्वान्टी विश्वकप क्रिकेट आयोजना स्थलको विकल्प खोज्न थालेको बताइएको छ । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआई पनि प्लान ’बी’ अन्तर्गत विश्वकप युएईमा गराउन राजी भएको बताईएको छ ।

यस अघि बीसीसीआईले विश्वकप आयोजनाका लागि आईसीसीलाई ९ खेल स्थलको प्रस्ताव गरिसकेको छ । प्रस्तावित खेल स्थलमा अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, धर्मशाला, हैदरावाद, कोलकत्ता, लखनउ र मुम्बई रहेको छ ।

बीसीसीआईले विश्वकप भारतमै गर्ने प्रयास गरिरहेको तर नसकिएको खण्डमा युएईमा आयोजना गर्न सहमत हुने बताएको छ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ । विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);