अष्ट्रेलियामा हुने तय भएको टी–२० विश्वकप क्रिकेट स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अष्ट्रेलियामा हुने तय भएको टी–२० विश्वकप क्रिकेट स्थगित

एजेन्सी, ६ । यसै वर्ष अष्ट्रेलियामा हुने तय भएको टी–२० विश्वकप क्रिकेट स्थगित भएको छ । आउँदो अक्टोबर–नोभेम्बरमा हुने तय भएको टी–२० विश्वकप क्रिकेट प्रतियोगिता एक वर्षपछि सन् २०२१ को अक्टोबर नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आइसीसीले जनाएको छ ।

आईसीसीको कार्यसमिति बैठकले टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सार्ने निर्णय गरेको हो । विश्वभर फैलिएको कोरोना महामारीले विश्व क्रिकेट प्रभावित बनेको बेला टी– २० विश्वकप पनि एक वर्ष पछि सारिएको हो ।

भारतमा हुने भनिएको २०२२ को टि–२० विश्वकप अक्टोबर नोभेम्बरमा हुने तथा भारतले नै आयोजना गर्ने २०२३ को एक दिवसीय विश्वकप तोकिएको मितिमा हुने आइसीसी कार्यसमिति बैठकले निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);