फुटबल प्रशिक्षणका लागि काठमाडौं बाहिर रहेका खेलाडी उपत्यका भित्रिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फुटबल प्रशिक्षणका लागि काठमाडौं बाहिर रहेका खेलाडी उपत्यका भित्रिए

dashrath

काठमाडौं, १८ साउन । कतारमा हुने फिफा विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले सम्पूर्ण खेलाडीहरुलाई काठमाडौं बोलाएको छ । भदौ पहिलो साताबाट बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो ।

कोरोना भाइरसका कारण गत चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो । त्यसयता सम्पूर्ण फुटबल गतिविधि स्थगित भएका थिए । तर जुन ५ मा एशियाली फुटबल महासंघ एएफसीले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई राष्ट्रिय टीमको प्रशिक्षण थाल्न दबाब परेको हो । छनोट खेल अन्र्तगत घरेलु मैदानमा हुने खेलका लागि राष्ट्रिय टोलीका सबै खेलाडी सम्पर्कमा आइसकेका एन्फाले जनाएको छ ।

एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले आगामी अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्नेछ । छनोट खेलका लागि खेलाडीको पिसिआर परिक्षण गर्ने पनि पनि एन्फाले जनाएको छ । एन्फाले छनोट खेल दर्शक विना खेलाउने तयारीका साथ मैदानको मर्मत कार्यलाई पनि तीब्रता दिइरहेको छ ।

छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);