राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि सुरु गर्ने एन्फाको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि सुरु गर्ने एन्फाको तयारी

काठमाडौं, ८ साउन । कोरोना भाइरस महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि सुरु गर्ने तयारी भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि सुरु गर्ने तयारी गरेको जनाएको छ ।

सरकारले लकडाउन खुल्ला गरेपछि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि सुरु गर्ने तयारी भएको हो । २०७६ चैत ११ देखिको लकडाउनका कारण फुटबल टिमको प्रशिक्षण रोकिएको थियो । नेपालले विश्वकप छनोट अन्तर्गत अक्टोबर–नोभेम्बरमा घरेलु मैदानमा खेल्दैछ ।

त्यसैका लागि एन्फाले प्रशिक्षण सुरु गने तयारी गरेको हो । प्रशिक्षणका लागि एन्फाले विभिन्न साउन १७ गतेसम्म खेलाडीहरुलाई काठमाडौं बोलाइसक्ने, त्यसपछि उनीहरुलाई २ साता होटलमा राख्ने अनि पीसीआरको परीक्षण गर्ने तयारी गरेको छ ं ।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियनको दोस्रो चरणको संयुक्त छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा तीन खेल खेल्दैछ । समूह बीमा रहेको नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमा खेल्न बाँकी छ । यसअघि पाँच खेल खेल्दा नेपालले एक खेल मात्र जितेको छ । बाँकी चार खेलमा भने नेपाल पराजित भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);