सिरी 'ए' मा आज युभेन्ट्स र उडिनेज भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सिरी ‘ए’ मा आज युभेन्ट्स र उडिनेज भिड्दै

udinese vs juventus

एजेन्सी, ८ साउन । इटालियन लिग फुटबल सिरी एमा उपाधि नजिक रहेको युभेन्ट्सले बिहीबार उडिनेजसँग प्रतिस्पर्धा गर्दैछ । युभेन्ट्सले उडिनेजको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति सवा ११ बजे मा सुरु हुनेछ ।

लिग लिडर युभेन्ट्स घरेलु टोलीलाई हराएर उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । युभेन्ट्सलाई यस सिजन उपाधि जित्न मात्र ३ अंकको आवश्यक छ । उडिनेजलाई हराउँन सकेमा युभेन्ट्स तीन खेल अगावै लिग च्याम्पियन बन्नेछ ।

युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ । युभेन्ट्सले ८० अंक जोड्दा एटलान्टाले ७४ अंक जोडेको छ । युभेन्ट्सले ३ अंक जोडेमा लगातार नवौं सिजन र समग्रमा ३६ औं सिरी ए उपाधि जित्नेछ ।

युभेन्ट्सले सन् २०११–१२ को सिजन यता लगातार उपाधि जित्दै आइरहेको छ । उपाधि जित्ने दाउमा रहको युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डो र पाउल डिबालाको प्रदर्शन महत्वपूर्ण हुने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);