सिरी 'ए'मा आज युभेन्ट्स र साम्पडोरिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिरी ‘ए’मा आज युभेन्ट्स र साम्पडोरिया भिड्दै

एजेन्सी , ४ असोज । इटालियन सिरी ’ए’ फुटबलमा आज राती साविक विजेता युभेन्ट्सले साम्पडोरियासँग खेल्दै सिजनको सुरुवात गर्दैछ ।

युभेन्ट्सले आफ्नो घरेलु मैदानमा साम्पडोरियासँग खेल्दै सिजनको सुरुवात गर्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति साँढे १२ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा युभेन्ट्स जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा रहेको छ ।

युभेन्ट्स यस सिजन पनि उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ । तर, साम्पडोरियाविरुद्धको पहिलो खेलमा युभेन्ट्सलाई जित निकाल्न त्यति सहज भने छैन ।

साम्पडोरिया समेत लिगमा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । सिरी ’ए’ अन्तर्गत नै आजै अर्को खेलमा नापोलीले पर्मासँग खेल्नेछ । यस्तै जिनोआले कोर्टोन र सासोउलोले काग्लियारीसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);