स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल विजयी

एजेन्सी, ४ असोज । स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल विजयी भएको छ ।

गएराति सम्पन्न खेलमा भिल्लारियलले इबारलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै तीन गोल दोस्रो हाफमा भएका थियो । किकेले ५० औं मिनेटमा गोल गर्दै इबारलाई शुरुआती अग्रता दिलाएका थिए ।

जेराड मोरेनोले गोल गर्दै ६२ औं मिनेटमा भिल्लारियललाई बराबरीमा ल्याएका थिए । फ्रान्सिको एलेसियरले ७१ औं मिनेटमा गोल गरेपछि भिल्लारियल २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल नभएपछि भिल्लारियल २–१ गोल अतरले विजयी हुन पुग्यो ।

Leave a Reply