स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाकाे पुनरागमन जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाकाे पुनरागमन जित

एजेन्सी, २३ पुष । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । बुधबार राति बिल्बाओको खेल मैदानमा भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, खेलको १४ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३–१ ले अघि रह्यो ।

त्यसपछि खेलको ९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएपनि बार्सिलोना ३–२ ले विजयी भयो । बिल्बाओलाई हराएसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);