आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नइसँग ५ विकेटले मुम्बई इन्डियन्स् पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नइसँग ५ विकेटले मुम्बई इन्डियन्स् पराजित

एजेन्सी, ४ असोज । साविक उपविजेता चेन्नई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

युएईको अबुधाबीस्थित शेख जायद स्टेडियममा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद् सुरुवात गरेको हो ।

मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी सुन्य रनमा अविजित रहे । मुम्बईका ट्रेन्ड बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाए । केइरन पोलार्डले १८ रन जोडे । यस्तै कप्तान रोहित शर्मा १२, सूर्यकुमार यादब १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए । चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए ।

यस्तै रबिन्द्र जडेजा र दिपक चाहरले २÷२ विकेट लिए । साम करण र पियुस चावालाको नाममा १÷१ विकेट रह्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);