आईपीएल टी–ट्वान्टीः मुम्बईसँग ५ विकेटले दिल्ली क्यापिटल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आईपीएल टी–ट्वान्टीः मुम्बईसँग ५ विकेटले दिल्ली क्यापिटल्स पराजित

एजेन्सी, २६ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पाँचौ जित निकालेको छ ।

अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो ।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले । दुबै खेलाडी समान ५३ रन बनाएर आउट भए । यस्तै इशान किशनले २८, कप्तान रोहित शर्मा ५, कुर्नाल पाण्डय १२ रनमा अविजित रहदा केइरन पोलार्ड ११ रनमा अविजित रहे ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान श्रेयस आयरले ४२, अजिन्का रहनेले १५, मार्कुस स्टोनिसले १३ रन जोड्दा एलेक्स केरी १४ रनमा अविजित रहे ।

मुम्बईका हार्दिक पाण्डयले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए ।

जितसँगै मुम्बई ७ खेलमा ५ जितसहित १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);