आईपीएल टी–ट्वान्टीः दिल्ली क्यापिटल्ससँग ५ विकेटले चेन्नई सुपर किङ्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

आईपीएल टी–ट्वान्टीः दिल्ली क्यापिटल्ससँग ५ विकेटले चेन्नई सुपर किङ्स पराजित

एजेन्सी, २ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सारजाह क्रिकेट मैदानमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो ।

चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए । यस्तै मार्कुस स्टोनिसले २४, कप्तान श्रेयस एयरले २३ बनाउदा अक्षर पटेल २१ रनमा अविजित रहे ।

चेन्नईका दिपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले ५८, अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे । दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए । तुषार देशपाण्डे र कागिसो राबडाको नाममा १/१ विकेट रह्यो ।

जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);