भारतमा आगामी जनवरीबाट घरेलु क्रिकेट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा आगामी जनवरीबाट घरेलु क्रिकेट सुरु हुने


एजेन्सी, २ कार्तिक । भारतमा आगामी जनवरीबाट घरेलु क्रिकेट सुरु हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले घरेलु क्रिकेट जनवरी १ बाट हुने जानकारी दिनु भएको हो ।

कोरोना भाईरसका कारण गत मार्चबाट भारतमा क्रिकेट गतिविधि ठप्प रहेको छ । बीसीसीआईको एपेक्स कमिटीको बैठकले जनवरी १ बाट घरेलु सिजन सुरु गर्ने निर्णय गरेको हो ।

बैठकमा घरेलु क्रिकेटबारे छलफल भएको र घरेलु प्रतियोगिता १ जनवरीबाट सुरु गर्ने निर्णय गरेको गांगुलीले बताए । तर, गांगुलीले सबै प्रतियोगिता गर्न सम्भव नरहेको र रणजी ट्रफी प्राथमिकतामा पर्ने समेत बताए ।

सबै प्रतियोगिता सम्भव नभएको भन्दै गांगुलीले उमेर समूह र महिला क्रिकेटका लागि पनि योजना तय भएको बताए । घरेलु क्रिकेट रणजीबाट सुरु हुने र मार्च अप्रिलबीच अन्य प्रतियोगिताहरु हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);