राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित

nepal cricket malaysia

काठमाडौं, २३ साउन । नेपाल क्रिकेट संघ क्यानले आगामी भदौ १ गतेबाट शुरु हुने भनेको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण बढीरहेको र तत्काल कुनै महत्वपूर्ण प्रतियोगिता नभएकाले प्रशिक्षण तत्कालका लागि स्थगित गरिएको क्यानले जनाएको छ ।

भदौ १ बाट प्रशिक्षण शुरु गर्नका लागि क्यानले राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा क्वारेन्टीन बनाउनेदेखि खेलाडीको पीसीआर जाँचसम्मको तयारी अघि बढाएको थियो । तर कोरोना संक्रमितको संख्या बढ्ने देखिएसंगै क्यानले खेलाडीको प्रशिक्षण तत्काललाई स्थगित गरेको हो ।

प्रशिक्षण शुरु गर्ने मिति टुंगो नलागे पनि प्रशिक्षण शुरु गर्न कम्ति डेढ देखि दुई महिना लाग्ने क्यानले जनाएको छ । गत चैतमा कोरोनाको कहर सुरु भएसंगै घरेलु क्रिकेट ठप्प अवस्थामा छ ।

चैतमा खेलाडीहरु घरेलु क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ईपीएलको तयारीमा रहेका थिए ।तर कोरोनाले मुलुक लकडाउनमा गएपछि सबै घरेलु प्रतियोगिता सहित अन्तराष्ट्रिय खेल प्रभावित बनेका थिए । बन्दाबन्दी खुकुलो भएपछि अन्य क्षेत्र सामान्य अवस्थामा फर्किने कोसिश भएपनि खेल क्षेत्र भने अझै प्रभावित बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);