बीसीसीआईद्वारा भिभोसँगको आईपीएल साझेदारी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बीसीसीआईद्वारा भिभोसँगको आईपीएल साझेदारी स्थगित

एजेन्सी , २३ साउन । चिनियाँ मोबाईल कम्पनी भिभो इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको १३ औं संस्करणको मुख्य प्रायोजकमा नरहने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई र भिभो मोबाइल इन्डियाले २०२० को आईपीएलको लागि साझेदारी स्थगित गरेका छन् ।

बीसीसीआईले जारी गरेको विज्ञप्तिमा बीसीसीआई र भिभो मोबाइल इन्डियाबीच २०२० का लागि आईपीएलको साझेदारी स्थगित गर्ने सहमति भएको उल्लेख छ । यस सम्बन्धमा अरु कुनै जानकारी दिइएको छैन ।

बीसीसीआईले भिभोसँग सन् २०१८ देखि २०२२ सम्मको लागि प्रायोजन सम्झौता गरेको थियो । आईपीएलको मुख्य प्रायोजकको रुपमा भिभोले वार्षिक ४ सय ४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई उपलब्ध गराउँदै आएको छ ।

भारत र चीनबीच पछिल्लो समय चुलिएको सीमा विवादका कारण चिनियाँ मोबाईल कम्पनी भिभाको प्रायोजन रद्द गर्नुपर्ने आबाज उठीरहेको बेला प्रायोजन साझेदारी स्थगित भएको हो । आईपीएल २०२० सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स युएइमा हुने छ ।

2 thoughts on “बीसीसीआईद्वारा भिभोसँगको आईपीएल साझेदारी स्थगित

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);